Breaking News
Home / भर्खरै (page 15)

भर्खरै

बन्दुकसहित एक जना काभ्रेबाट पक्राउ

बनेपा, जेठ १५ – काभ्रेमा अवैध भरुवा बन्दुक घरमा राख्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । गौरीविसौना देउपुर–३ बाट नयाँगाउँ देउपुर–१ बस्ने ३५ वर्षीय माइला तामाङलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो । बन्दुकसँगै त्यसमा प्रयोग हुने बारुद र फलामका ससाना काटिएका टुक्रा (छर्रा) समेत बोकेर हिँडेको अवस्थामा पक्राउ परेका तामाङलाई …

Read More »

नयाँ बजेटमा तीन सय आयोजनाका लागि दश करोड

Nepal-Budget

१४ जेठ,  काठमाडौँ । नगरपालिकाबाट प्राप्त २८६ आयोजना स्वीकृत भई कार्यान्वयनको लागि १० करोड ३८ लाख विनियोजन गरी कार्य अगाडि बढाइएको छ । ‘नयाँ १३३ नगरपालिकाको भौतिक पूर्वाधार निर्माणको लागि लागत सहभागितामा आधारीत आगोजनाका लागि ८७ लाख ४३ हजारको दरले स्रोत विनियोजन गरी कार्यान्वयनमा लगिएको छ,’ आर्थिक सर्वेक्षणमा उल्लेख छ …

Read More »

भूकम्पपीडितलाई पुनर्निर्माण अनुदान रकम वितरण गर्न प्राधिकरणद्धारा बैंकर्ससँग सम्झौता

bank-n-nrc

१४ जेठ, काठमाडौं । भूकम्पपीडितलाई पुनर्निर्माण अनुदान रकम वितरण गर्नेबारे राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले  नेपाल बैंकर्स एसोसियशन, डेभलपमेन्ट बैंकर्स एसोसियशन तथा फाइनान्सियल इन्स्टीच्यूसन एसोसियसनसँग समझदारी गरेको छ । समझदारी पत्रमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सहसचिव रामप्रसाद थपलिया, नेपाल बैंकर्स एसोसिएशनका अध्यक्ष उपेन्द्र पौडेल, डेभलपमेन्ट बैंकर्स एसोसिएशनका अध्यक्ष कृष्णराज लामिछाने र फाइनान्सियल इन्स्टीच्युसन …

Read More »

बजेटपछि मात्र संसद नियमावलीको टुंगो लाग्ने

काठमाडौँ, १४ जेठ संसद नियमावलीमा सहमति जुटाउन सभामुख ओनसरी घर्तीले बोलाउनुभएको बैठक बिना निष्कर्ष सकिएको छ । शुक्रबार बिहान सिंहदरबारमा सभामुखसहित मुख्य दलका शीर्ष नेता र सचेतकहरुको बैठक बसेको थियो । सहमति नभएपछि अब बजेटपछि मात्र नियमावली टुंगो लाग्ने नेताहरुले बताएका छन् । लामो विवादपछि संसदमा पुगेको नियमावली अझै टुंगोमा पुग्न …

Read More »

ड्राइभरलाई गोली हानी अपहरणकारीले उद्योगी केडियालाई भारत लगे

बारा, जेठ १४ – बाराको बरियापुरबाट अपहरणमा परेका सुरेश केडियालाई अपहरणकारीले भारत लगेको पुष्टि भएको छ। बरियापुरमा रहेको खाद्य उद्योगबाट बिहीबार बेलुकी बा १० च ७२४० नम्बरको कारमा घर फर्कने क्रममा बाराको पसाहा पुल नजिकबाट केडिया अपहरणमा पर्नुभएको हो । भारतीय नम्बर प्लेटको स्कार्पियो गाडीमा आएका अपहरणकारीले केडियालाई अपहरण गरेका …

Read More »

​बिमल कतार एयरबाट साढे ९ बजे नेपाल फर्कँदै

काठमाडौं, जेठ १४ – उपचारका क्रममा बेल्जियममा रहेका राष्ट्रिय फुटबल टिमका स्ट्राइकर बिमल घर्तीमगर आज शुक्रबार बिहान नेपाल फर्कँदै छन् । बहिनी मनिषाको ज्यान गएको खबर पाएपछि बिमल घर फर्कन लागेको एन्फाले जनाएको छ । विमल बिहान साढे ९ बजे कतार एयरबाट नेपाल फर्कने एन्फाका कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले जानकारी …

Read More »

इन्डोनेशियामा बालिकालाई बलात्कार गर्ने आरोपीलाई मृत्युदण्ड दिईने तथा नपुंसक बनाईने

mritudanda

ईन्डोनेशिया, १३ जेठ इन्डोनेशियामा बालिका बलात्कार गर्ने जोसुकै आरोपीलाई मृत्युदण्डको सजाय दिने कानुन पारित भएको छ । बालिकालाई बलात्कार गर्ने आरोपीलाई मृत्युदण्ड दिईने तथा नपुंसक बनाईने कानुन पारित भएको हो । पछिल्लो समय एक १४ वर्षिय बालिका माथि सामुहिक बलात्कार भई हत्या भएपछि संसदले यस्तो कानुन पारित गरेको हो । बालिकामाथि …

Read More »

पिर्काले हानेर श्रीमतीको हत्या गर्ने गोरखाका एक ब्यक्ति पक्राउ

गोरखा, १३ जेठ पिर्काले हानेर श्रीमतीको हत्या गरेको आरोपमा गोरखाको थालाजुङ–३ का ६० वर्षीय टेकबहादुर अधिकारी पक्राउ परेका छन् । मादक पदार्थ सेवन गरी पिर्काले हानेर ४५ वर्षीय श्रीमती नानुमाया अधिकारीको हत्या गरेको आरोपमा आज प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । रक्सी खाएर मातेका अधिकारीले बुधबार अपराह्न श्रीमतीलाई पिर्का प्रहार गरी …

Read More »

फुटबलर बिमल घर्तिमगरकी बहिनी मनिषाको मृत्यु रहस्यमय बन्दै/हत्या भएको प्रहरीको आशंका

बेल्जियम गएका बिमल शुक्रबार बिहान नेपाल फर्कँदै नवलपरासी, १३ जेठ राष्ट्रिय फुटबल टिमका स्ट्राइकर बिमल घर्ती मगरकी १७ वर्षकी बहिनी मनिषाको मृत्यु रहस्यमय बन्दै गएको छ । के कारण ज्यान गएको हो अझै खुल्न सकेको छैन । प्रहरीले मनिषाको मृत्यु रहस्यमय भएको भन्दै पोष्टमार्टमका लागि शव काठमाडौं पठाइएको छ । बिहिबार …

Read More »

बजेटपछि मेरो नेतृत्वमा सरकारः प्रचण्ड

prachandaa good mood

चितवन, १३ जेठ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बजेटपछि आफ्नो नेतृत्वमा सरकार बन्ने सहमति नेकपा (एमाले)सँग भएको बताएका छन्। क्रान्तिकारी पत्रकार सङ्घ चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले लिखित रुपमा नभई दुई पार्टीका बीचमा नौ बुँदे सहमति हुँदा समझदारी भएको स्पष्ट पारे। यसअघि नै आफूले राष्ट्रिय …

Read More »