Breaking News
Home / About us

About us

परिचय:
सुचना र प्रविधिले विश्व एउटै जालोमा बाँधिएको छ । पलपलमा संसारका गतिविधीबारे मानिस जति नजिकिएको हुन्छ, उतिनै नयाँ र नविनतम् उपलब्धि प्रति चासो राख्नु स्वभाबिक हो । मानिसको पर्याय संचार माध्यमको विकास र प्रवाह भएकोले आम जनतालाई सुसुचित गर्न स्थानिय स्तर देखि राष्ट्रिय स्तरसम्मका समाजसेवी, उद्योगी, व्यवसायी, बुद्धिजिवी एवम् धार्मिक क्षेत्रका प्रतिष्ठित व्यक्तित्वद्वारा संचालित संचार माध्यम मनकामना एफ.एम. ९८.७ मेगाहर्ज हो ।

गोरखा जिल्लाको मनकामनामा अवस्थित मनकामना एफ.एम. मनोकांक्षा पुरा गर्ने प्रसिद्ध धार्मिक शक्तिपिठ माता मनकामना देवीको नामवाट नामाकरण गरिएको हो र मनकामना एफ.एम. ९८.७ मेगाहर्ज मिति २०७० साल भाद्र ०५ गते देखि विधिवत रुपमा प्रसारण भएको हो ।
गोरखा जिल्लाको मनकामनाबाट प्रशारण भएको मनकामना एफ.एम.को प्रसारण गोरखा, तनहुँ, चितवन, धादिङ्ग, स्याङ्गजा, कास्की, नुवाकोट, रसुवा, लम्जुङ्ग, मनाङ्ग, नागढुङ्गा मुग्लिङ्ग नारायणगड सडक खण्ड, मुग्लिङ्ग पोखरा सडक खण्ड र आँवुखैरेनी-गोरखा सडक खण्ड लगाएत अन्य २२ जिल्लाको आसपासका क्षेत्रहरूमा स्पष्टसँग सुन्न सकिन्छ । साथै मनकामना दर्शन गर्न आउने हजारौ भक्तजनहरूले सजिलै र स्पष्टसँग सुन्न सक्छन ।

उद्देश्य:
मनकामना एफ.एम. गाउँ, समाज र राष्ट्रप्रति संवेदनशिल छ । साना-साना सवालदेखी राष्ट्रिय स्तरका समस्यालाई जस्ताको तस्तै आम्ज-नमानसमा सम्प्रेषण गर्नु मनकामना एफ.एम. को दायित्व हो । निस्वार्थ सेवामा समर्पित मनकामना एफ.एम. प्रसारण भएका ‘विस्तारित’ जिल्लाहरूमा बसोवास गरिरहेका अल्पसंख्यक समुदायविच जागरण अभियान संचालन गर्ने हाम्रो उद्देश्य हो ।

यसका साथै एफ.एम. स्टेशनसँगै जोडिएको पृथ्वी राजमार्ग लगाएत अन्य राजमार्गहरूका दैनिक घट्नाक्रम, सामाजिक संरचना, आर्थिक गतिविधि एवं भौगोलिक स्थितीका विषयमा गहन अध्ययन गरी आम जनतामा समय सापेक्ष सुचना, समाचार, अन्तर्वार्ता एवं अन्तरक्रिया प्रसारण गर्नु मनकामना एफ.एम.को प्राथमिकता र उत्तर दायित्व हो ।

निष्कर्ष:
एफ.एम.प्रसारण सुनिने स्थानमा जनतालाई उतकृष्ट संचार माधयमको रुपमा परिचित गराउन मनकामना एफ.एम.ले दक्ष तथा प्रतिभावान संचारकर्मिलाई भिन्न-भिन्न क्षेत्रमा पृथक कार्यसैलीका साथ काम गर्ने जिम्मेवारी सुम्पिएको छ । त्यसैले न्याय र समानताको आवाज ९८.७ मनकामना एफ.एम. संयोजित जनशक्ति र उत्कृष्ट कार्य सम्पादनको संगम स्थल हो।
जुझारू व्यवस्थापन सम्मिलित मनकामना एफ.एम.ले सरकारी, गैरसरकारी, निजी एवं व्यवसायिक संस्थाका सुचनामुलक तथा व्यवसायिक विज्ञापनर जानकारी प्रशारण गरी निजी एवं संस्थागत व्यवसायमा अझ थप श्रीबृद्धि गर्न सहयोग गर्नेछ । समयको चक्रसंगै व्यवसायिक-आर्थिक गतिविधीमा मनकामना एफ.एफ.को आत्मिय प्रशाणले तपाईलाई सत प्रतिसत प्रतिफल दिनेमा हामी विश्वस्त छौं । त्यसैले न्याय र समानताको आवाज ९८.७ मनकामना एफ.एम.सदैव सुन्नु र सुनाउनुहुन हार्दिक अनुरोध गर्दछौं।

-मनकामना एफ.एम. ९८ दशमलब ७ मेगाहर्ज

मनकामना–१, गोरखा, नेपाल
फोनः ०६४–४६०२२५, ०६४–४६०२५०
ईमेलः manakamanafm98.7@gmail.com, ruraldcnepal@gmail.com