Breaking News
Home / भर्खरै / प्राईम बैंकद्वारा ईच्छाकामनाका विद्यालयहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण

प्राईम बैंकद्वारा ईच्छाकामनाका विद्यालयहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण

मनकामना एफ.एम.
ईच्छाकामना, १७ जेठ

चितवनको एकमात्र गाँउपालिका ईच्छाकामनाका सरकारी विद्यालयहरुलाई प्राईम कमर्सियल बैंकले बैंकको सामाजिक उत्तरदायित्व अभियान अन्तर्गत शैक्षिक सामाग्रीहरु हस्तान्तरण गरेको छ । ईच्छाकामना–५, मुग्लिनमा रहेको त्रिवेणी बराह माविको प्राङ्गणमा आज एक कार्यक्रमको आयोजना गरि ईच्छाकामना गाँउपालिका भित्रका १५ विद्यालयलाई शैक्षिक सामाग्री बैंकका अध्यक्ष उदयमोहन श्रेष्ठ र संघिय सांसद उमेश श्रेष्ठले हस्तान्तरण गर्नुभएको हो । बैंकले हस्तान्तरण गरेको शैक्षिक सामाग्रीमा झोला, ह्वाईट बोर्ड, सुकुल लगायतका सामाग्रीहरु रहेको थियो । कार्यक्रममा मन्तव्य राख्ने क्रममा त्रिवेणी बराह माविका प्रध्यानाध्यापक युवराज लामाले त्रिवेणी बराह माविलाई सूचना प्रविधी मैत्री बनाउदै स्मार्ट स्कुलको रुपमा विकाश गराउने लक्ष्य रहेको जानकारी दिनुभएको थियो । यता शैक्षिक सामाग्री हस्तान्तरण गर्दै बैंकका अध्यक्ष उदयमोहन श्रेष्ठले बैंकले त्रिवेणी बराह माविको स्मार्ट स्कुल बनाउने अभियानमा साथ दिने बाचा गर्दै तत्काल १५ थान कम्प्युटर विद्यालयलाई उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । स्टेप मुग्लिनको आयोजना, ईच्छाकामना गाँउपालिकाको संयोजन, त्रिवेणी बराह मावि मुग्लिनको व्यवस्थापन र प्राईम कमर्सियल बैंकको प्रायोजनमा आयोजित कार्यक्रममा ईच्छाकामना गाँउपालिकाका अध्यक्ष गिता कुमारी गुरुङ्ग, उपाध्यक्ष कृति कुमार श्रेष्ठ, ५ नं. वडाध्यक्ष मोदराज सिलवाल, स्टेप मुग्लिनका अध्यक्ष राम बहादुर लामा लगायतकाको उपस्थिति रहेको थियो ।
33982920_1714261511993080_5271816388674060288_n

33992787_1714262061993025_5303763454933336064_n

34035696_1714260301993201_3647908203452170240_n

34035698_1714261785326386_1447060170914922496_n

34051862_1714262118659686_5359566504721383424_n

34102770_1714260768659821_9102010344267579392_n

34122461_1714260678659830_8724050104073322496_n

About manakamanafm

Check Also

3-7-198x300

आँबुखैरेनीमा आउदो शनिबार गुरुङ चलचित्र ‘ङोलो ठागु’ प्रदर्शन हुने

चित्र बहादुर गुरुङ, मनकामना एफ. एम. आँबुखैरेनी, १७ जेठ तनहुँको आँबुखैरेनीमा आउदो जेठ १९ गते …

Leave a Reply

Your email address will not be published. Required fields are marked *