Breaking News
Home / देश / आँबुखैरेनीमा आउदो शनिबार गुरुङ चलचित्र ‘ङोलो ठागु’ प्रदर्शन हुने

आँबुखैरेनीमा आउदो शनिबार गुरुङ चलचित्र ‘ङोलो ठागु’ प्रदर्शन हुने

चित्र बहादुर गुरुङ, मनकामना एफ. एम.
आँबुखैरेनी, १७ जेठ
3-7-198x300
तनहुँको आँबुखैरेनीमा आउदो जेठ १९ गते शनिबार गुरुङ चलचित्र “ङोलो ठागु” प्रदर्शन हुने भएको छ । उपत्यकामा भव्य प्रदर्शन भएको चलचित्रको आँबुखैरेनीबाट मोफसलमा पनि प्रदर्शन सुरु गर्न लागिएको हो । जनक गुरुङको निर्देशन र रबिन गुरुङको निर्माणमा बनेको चलचित्रमा कुशल गुरुङ, लक्ष्मी गुरुङ, जुना गुरुङ, नेशनल घर्ती मगर, पूर्णिमा गुरुङ, रबिन गुरुङका साथै आँबुखैरेनीका स्थानीय कलाकार केयरमान गुरुङको समेत अभिनय छ । चलचित्र आँबुखैरेनीको श्रीकृष्ण चलचित्र मन्दिरमा जेठ १९ गते शनिबार ११ र २ बजे गरी २ सो प्रदर्शन हुने चलचित्रका कलाकार केयरमान गुरुङले बताउनुभयो ।

About manakamanafm

Check Also

34035696_1714260301993201_3647908203452170240_n

प्राईम बैंकद्वारा ईच्छाकामनाका विद्यालयहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण

मनकामना एफ.एम. ईच्छाकामना, १७ जेठ चितवनको एकमात्र गाँउपालिका ईच्छाकामनाका सरकारी विद्यालयहरुलाई प्राईम कमर्सियल बैंकले बैंकको …

Leave a Reply

Your email address will not be published. Required fields are marked *