Breaking News
Home / अर्थ / विकाश र समृद्धिको लागि अगाडी बढ्दै समृद्धि ग्रुप, चितवनको ईच्छाकामनामा तिन करोड लागतमा कोल्ड स्टोर सञ्चालन गर्ने अन्तिम तयारी

विकाश र समृद्धिको लागि अगाडी बढ्दै समृद्धि ग्रुप, चितवनको ईच्छाकामनामा तिन करोड लागतमा कोल्ड स्टोर सञ्चालन गर्ने अन्तिम तयारी

कुखुरा पालक किसानलाई सहुलियतमा १ लाख ऋण, बिमा, बजार र मुनाफाको ग्यारेन्टी
चित्र बहादुर गुरुङ
ईच्छाकामना/१३ जेठ
33457350_1821973807853823_4359934148140335104_n

चितवनको एकमात्र गाँउपालिका ईच्छाकामनामा समृद्धि नेशनल ईन्भेष्ट ग्रुप प्रा.लि.ले करिब ३ करोडको लागतमा समृद्धि कोल्ड स्टोर सञ्चालनमा ल्याउने अन्तिम तयारी गरेको छ । विषेश गरेर धादिङ्गको खानीखोला नौबिसे देखि चितवन नारायणगढ, धादिङ्गवेशी, पोखरा, गोरखा सम्मका मुख्य राजमार्गहरुमा सञ्चालनमा रहेको होटलहरुमा आवश्यक कुखुराको मासु सप्लाई गर्ने लक्ष्यका साथ कोल्ड स्टोर सञ्चालनमा ल्याउन लागेको ग्रुपका अध्यक्ष प्रल्हाद पोख्रेलले बताउनुभयो । पोख्रेलका अनुसार ग्रुपले हाल कोल्ड स्टोर सञ्चालनका लागि धमाधम भौतिक संरचनाहरु निर्माण गरिरहेको छ र निर्माणको काम अन्तिम चरणमा पुगेको छ । ‘‘करिब २ सय क्विन्टल कुखुराको मासु स्टक राख्न मिल्ने गरी कोल्ड रुम र ब्लास्ट रुमको निर्माण भैरहेको छ । अब निर्माणको काम सकेर १÷२ महिना भित्रमा स्टोर सञ्चालनमा आउनेछ ।’’ अध्यक्ष पोख्रेलले भन्नुभयो । यतिबेला ग्रुपले भवन निर्माणसँगै कुखुरा पाल्ने र कुखुरा पाल्न चाहने किसानहरुको लागि अभिमुखिकरण तालिम र सहयोग गर्ने तयारी पनि गरिरहेको छ । जेठ १२ गते शनिबार मात्र ग्रुपले धादिङ्ग, चितवन, गोरखा र तनहुँका करिब १५० भन्दा बढि किसानहरुलाई व्यावसायिक कुखुरापालन सम्बन्धि १ दिने अभिमुखिकरण तालिम सिद्धार्थ रिभरसाईड रिसोर्ट चुम्लिङ्गटारमा सञ्चालन गरेको थियो । ग्रुपका अध्यक्ष प्रल्हाद पोख्रेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कुखुरा विषेशज्ञ डा. विजय कुमार श्रेष्ठले सहजिकरण गर्नुभएको थियो । उक्त कार्यक्रममा ग्रुपका सञ्चालक सदस्य चन्द्रमणि सापकोटाले किसानहरुलाई स्वागत गर्दै ग्रुपसँग आवद्ध रही नियमित कुखुरा पाल्ने किसानहरुलाई दाना, चल्ला, औषधी, २४ सैं घण्टा विशेषज्ञबाट सल्लाह, ५ जनाको समुह जमानिमा सहुलियत व्याजमा कुखुरा पाल्न ऋणको व्यवस्था, कुखुराको बिमाको व्यवस्था बजारीकरणका साथै १ प्रतिशत मुनाफा ग्यारेन्टीको व्यवस्था कम्पनीले गर्ने कुरा जानकारी गर्नुभयो ।
33656563_1821973687853835_4887230482820890624_n

About manakamanafm

Check Also

3-7-198x300

आँबुखैरेनीमा आउदो शनिबार गुरुङ चलचित्र ‘ङोलो ठागु’ प्रदर्शन हुने

चित्र बहादुर गुरुङ, मनकामना एफ. एम. आँबुखैरेनी, १७ जेठ तनहुँको आँबुखैरेनीमा आउदो जेठ १९ गते …

Leave a Reply

Your email address will not be published. Required fields are marked *