Breaking News
Home / देश / मनकामना निभारेका स्थानिय होमस्टे सञ्चालनको तयारीमा

मनकामना निभारेका स्थानिय होमस्टे सञ्चालनको तयारीमा

कृष्ण पुडासैनी
गोरखा –
gorkha-ko-nibara-ma-homestay-ko-tayari-2
सहिदलखन गाउँपालिका–३ मनकामना निभारेका स्थानिय समुह मिली होमस्टे संचालन गर्ने भएको छन् । निभारेमा होमस्टे सञ्चालको तयारीमा रहेका उनीहरु यस क्षेत्रमा पर्यटकहरुलाई आफ्नो लोक संस्कृति देखाएर स्वागत गर्न तयारीमा छन् । २०७२ सालमा गएको विनाशकारी भुकम्पले ध्वस्त भएको निभारे गाउँ अहिले पर्यटनको पर्खाइमा छ ।

जिल्लामा फस्टाउदै गएको होमस्टेले भुकम्प पिडितलाई राहात दिएको छ । गोरखा आफैमा पर्यटकीय, रमणीय अनि धार्मिक स्थलले परिपुर्ण भएतापनि यहाँ रहेका धर्मिक स्थानहरु मध्ये प्रसिद्ध धार्मिक तिर्थस्थल मनकामना र त्रीबेणी बराहिको बिचमा रहेको गुरुङ्ग बस्ती निभारे पनि एक हो । अहिले यस गाउँमा होमस्टे गर्न युवाहरु सक्रिय भएर लागेका छन् ।
सबैतिरबाट बेवास्ता भएपछि स्थानीय बासिन्दा होमस्टे सञ्चालनका लागि जुटेका हुन् । घरहरु पुनर्निर्माण हुने क्रम शुरु भएको छ । हरेक घरधुरीमा दुईदेखि चार वटा खाटको व्यवस्था गरिएको थियो । उनीहरु अहिले १५÷१६ घर मिलेर होमस्टे सञ्चालनका लागी तयारी गरिरहेका छन् । गाउँमा नै रहेको सामुदायिक भवनका साथै कालिका आमा समुह, कालिका युवा समुह र कालिका बाबा समुह लगायतको सहकार्यमा उनीहरु होमस्टे सञ्चालनको तयारीमा लागेका हुन् ।
gorkha-ko-nibara-ma-homestay-ko-tayari-3

‘खानामा दाल, भात, तरकारी, लोकल कुखुराको मासु, ढिँडो, खाजामा मकै भटमास र गुन्द्रुकको स्वाद पाहुनाले चाख्न पाउँथे । गुरुङ समुदायको संस्कृति पाउदुरे, मारुनीलगायत नाचसँगै साँझ सांस्कृतिक कार्यक्रम हुने गथ्र्याे । स्थानीय जातका कुखुरा, खसीबोका, कोदाको रोटी, टिमुर हालेको चिया, मकै भटमास, गुन्द्रुकको अचार, स्थानीय स्तरमा उत्पादन गरिएको कोदोको रक्सी आदि खानाका परिकारको व्यवस्था गरिने छ ।

प्रचार प्रसार गरि पर्यटकहरु बोलाउन, खाने पानी, पैदल मार्ग मर्मत सुधार, आवास गृह निर्माण गर्न र अतिथी सम्बन्धि तालिमको आवश्यकता रहेको कलाकार समेत रहेका पुथ्बी गुरुङ बताउछन् । यो संगै यो क्षेत्रको विकासका लागि सबै सरोकारवालाहरुले आ–आफ्नो ठाउँबाट लाग्नु पर्ने र आफूले पर्यटनको प्रचार–प्रसार, विकास र प्रर्बद्धनका लागि सक्दो प्रयास गरीरहेको उनले बताए ।

शुरुमा चार घर परिवारबाट बस्ती बस्न सुरु भएको यो गाउँको पुरानो नाम चारघरे हो । अहिले यस गाउँमा लगभग ३१ घरधुरी रहेका छन् । बैशाख पुर्णिमामा नचाउने सति घाँटु नाच, घाँटुको भोज (खोइ) मा लगाउने चुड्का (कौडा) अनि गाउँका युवाहरुको रोजाइमा विभिन्न गाउँमा नाँच जाने चुड्का यहाँको प्रचलित संस्कृती भित्र पर्दछ।
त्यसपछी दशैं तिहारसंगै आउने मेला, पर्व, बिबाह, छेवर आदि जस्ता कार्यमा मादल घन्काएर झ्याउरे गाउने प्रचलन पनि अत्याधिक छ । यहि मौकालाई सदुपयोग गर्दै गाउका युवा युवतीहरु आ–आफ्नो जीवन साथी रोज्ने चलन पनि छ ।

यस गाउँमा रहेको प्रसिद्ध कालिका देबि भगवतीको मन्दिर अथाह आस्था र श्रद्धाले पुजिने गरिन्छ । भक्तजनहरुबाट सन्तान प्राप्तीको वर, बस्तु भाउको वर, अन्नबाली राम्रो उब्जनिको वर र मन्दिरको पुजारीले तिथि मिति र पुणिमामा गाउँको भलो र रक्षाको लागि पूजा गर्ने चलन छ । बोका, कुखुराको बलि दिएर बरमाग्ने अनि दाम्लो चढाइ बस्तुभाउको (पशुपलन राम्रो गरिदिनु भनी) बर माग्ने गरिन्छ यस गाउँमा । अन्नबाली उब्जनी भएपछि देबिलाई चढाएर मात्र खाने चलन छ ।

यस निभारे गाउँबाट चितवन जिल्ला तिर देखिने फोक्सिङ्ग,तामिन,स्याक्लाङ्ग, इच्छाकामना, किरि सौंरा, पाम डाडा, साठिमुरे ,चेरेस (केबुलकार स्टेसन) र मुग्लिङ्ग बजारको राम्रा, राम्रा दृश्य देख्न सकिन्छ भने तनहुँ जिल्ला तिर देखिने सिरुघारी,लोप्राङ्ग,बेन्टार र छिम्केसोरी मन्दिर जस्ता ठाउँ हरु देख्न सकिन्छ।
कसरी जाने

पृथ्बी राजमार्ग अन्तर्गत मुग्लिङ्ग बजार हुदै त्रीशुली नदि तरेर मनकामना माइको कान्छी बैनी त्रीबेणी भगवतीको दर्शन गरेर रमाइलो गुरुङ्ग गाउँ करन्टार हुँदै छ्ड्के उकालो चढदै करिब एक घण्टाको पैदल यात्रामा निभारे गाउँ पुग्न सकिन्छ।

बिकासको लहरसंग संगै हिजो आज जहाँ तहि खुलेका मोटर बाटोले पनि यस गाउँलाई जोडेको छ । अहिले त्रीबेणी हुँदै मनकामना सम्ंम गाडीबाटै यात्रा गर्न सकिन्छ । मस्याङ्दी जलविद्युत योजना बने संगै यस गाउँमा पनि बिजुली पुगेको छ ।

About manakamanafm

Check Also

3-7-198x300

आँबुखैरेनीमा आउदो शनिबार गुरुङ चलचित्र ‘ङोलो ठागु’ प्रदर्शन हुने

चित्र बहादुर गुरुङ, मनकामना एफ. एम. आँबुखैरेनी, १७ जेठ तनहुँको आँबुखैरेनीमा आउदो जेठ १९ गते …

Leave a Reply

Your email address will not be published. Required fields are marked *