Breaking News
Home / देश / आँबुखैरेनीको छिम्केश्वरी अस्पताल आजदेखि नयाँ व्यवस्थापनबाट सञ्चालन

आँबुखैरेनीको छिम्केश्वरी अस्पताल आजदेखि नयाँ व्यवस्थापनबाट सञ्चालन

चित्र बहादुर गुरुङ
तनहुँ/१२ जेठ
IMG_4659
तनहुँको आँबुखैरेनीमा विगत ३ वर्षदेखि सञ्चालनमा रहेको निजी स्तरको एकमात्र अस्पताल छिम्केश्वरी जनरल हस्पिटल प्रा.लि. आजदेखि नयाँ व्यवस्थापनबाट सञ्चालन हुने भएको छ । आज शनिबार अस्पताल हातामा नै एक औपचारिक कार्यक्रमको आयोजना गरेर सो कुराको जानकारी अस्पतालले गराएको छ । अस्पतालका प्रबन्ध निर्देशक बद्री न्यौपानेले दिएको जानकारी अनुसार नयाँ शेयर सदस्य थप गरी हाल १६ जना पु¥याइएको र लगानी करिब २ करोड पु¥याईएको छ । उहाँका अनुसार अस्पतालले लगानी वृद्धि गरेसँगै दिइरहेको सेवालाई थप गुणस्तरीय बनाउने हाल १५ वेडको स्वीकृती रहेको अस्पताललाई २५ वेड पु¥याउने, थप सुविधामा विशेषज्ञ डाक्टरको उपस्थितिमा शल्य चिकित्सा(अप्रेशन), वर्थिङ सेन्टर, बाल रोग, हाडजोर्नी, आईसियु सञ्चालन गर्ने रहेको छ । पछिल्लो समयमा अस्पतालले आफ्नो सेवा गुणस्तरीय पार्न २२ लाखको लागतमा अत्याधुनिक डिजिटल प्रविधिको डिजिटल एक्स–रे मेशिन जडान गरिएको छ । अस्पतालमा पछिल्लो समय नयाँ व्यवस्थापनको रुपमा आँबुखैरेनीका प्रबुद्ध व्यवसायी तथा सामाजिक व्यक्तित्वहरु भित्रीएको छ । अस्पतालले दिएको जानकारी अनुसार नयाँ सञ्चालक समितिको अध्यक्षमा सानुकाजी थापा, सचिवमा कृष्णमान गाङ्गदाङ्ग, कोषाध्यक्षमा भगवान श्रेष्ठ लगाएतका रहेका छन् ।
IMG_4763

IMG_4759

IMG_4753

IMG_4748

IMG_4720

IMG_4717

IMG_4715

IMG_4709

IMG_4713

IMG_4707

IMG_4667

IMG_4659

IMG_4667

About manakamanafm

Check Also

3-7-198x300

आँबुखैरेनीमा आउदो शनिबार गुरुङ चलचित्र ‘ङोलो ठागु’ प्रदर्शन हुने

चित्र बहादुर गुरुङ, मनकामना एफ. एम. आँबुखैरेनी, १७ जेठ तनहुँको आँबुखैरेनीमा आउदो जेठ १९ गते …

Leave a Reply

Your email address will not be published. Required fields are marked *