Breaking News
Home / देश / वैशाख पूर्णिमाको साईत पारेर मनकामना मन्दिरमा गजुर राखियो, भक्तजनका लागि भने दशैँदेखि मन्दिर खुला गरिने

वैशाख पूर्णिमाको साईत पारेर मनकामना मन्दिरमा गजुर राखियो, भक्तजनका लागि भने दशैँदेखि मन्दिर खुला गरिने

मनकामना एफ.एम.
मनकामना, १७ वैशाख
31494646_1766297106760326_4612754017880113152_n
गोरखाको सहिद लखन गाउँपालिकामा अवस्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा गजुर राखिएको छ। आज सोमबार बैशाख पूर्णिमाको साइत पारेर मन्दिरमा गजुर राखिएको हो । मन्दिरका मुख्य पुजारी इन्सान थापाले मन्दिर निर्माणको कार्य अझै बाँकी रहे पनि परम्परा अनुसार विधिवत पर्व पुजा गरेर गजुर राखिएको जानकारी दिनुभयो । पर्व पुजा भनेको तान्त्रिक विधि अनुसार ६÷६ महिनामा गरिने पुजा रहेको पुजारी थापाको भनाई छ । मनकामना मन्दिर जिर्णेद्धार समितिका संयोजक नरेन्द्र बाबु श्रेष्ठले गजुर निर्माणमा ४० तोला सुन प्रयोग गरिएको बताउनुभयो । २०७४ चैत मसान्त सम्ममा मन्दिर जिर्णोद्धार सकिने लक्ष्य भए पनि नाकाबन्दीका कारण केही ढिला हुन गएको बताउदैँ संयोजक श्रेठले दशैँ सम्ममा भक्तजनहरुका लागि खुल्ला गरिने बताउनुभयो । अध्यक्ष श्रेष्ठले नेपाल सरकारबाट ४ करोड र अन्य बाँकी भक्त जनहरुको सहयोगबाट मन्दिर निर्माण कार्य भईरहेको बताउनुभयो । अहिलेसम्म मन्दिर जिर्णोद्वारको काम ९० प्रतिशत सम्पन्न भईसकेको समितीेले जनाएको छ । अब मन्दिरमा केही टुँडाल खोप्ने, झ्याल ढोका र तल्लो छानामा जलप लगाउने काम मात्र बाँकी रहेको छ । मन्दिर जिर्णोद्वारका लागि सरकारबाट चार करोड र भक्तजनबाट करिब नौ करोड रुपैयाँ संकलन भएको समितिले जनाएको छ । मन्दिर निर्माण सक्न करिब १२ करोड रुपैयाँ भन्दा माथि आवश्यक पर्ने देखिएको संयोजक श्रेष्ठको भनाइ छ । ०७२ असारदेखि जिर्णोद्वारको काम सुरु भएको थियो । पूरानो मन्दिर भत्काएर जगैदेखि पुनर्निर्माण थालिएको हो ।

About manakamanafm

Check Also

3-7-198x300

आँबुखैरेनीमा आउदो शनिबार गुरुङ चलचित्र ‘ङोलो ठागु’ प्रदर्शन हुने

चित्र बहादुर गुरुङ, मनकामना एफ. एम. आँबुखैरेनी, १७ जेठ तनहुँको आँबुखैरेनीमा आउदो जेठ १९ गते …

Leave a Reply

Your email address will not be published. Required fields are marked *