Breaking News
Home / देश / स्थानीय सरकारले संचारमाध्यमलाई अंकुशलगाउने कानुननिर्माण गरिनु हुंदैन: आचार्य

स्थानीय सरकारले संचारमाध्यमलाई अंकुशलगाउने कानुननिर्माण गरिनु हुंदैन: आचार्य

DHzkXMwUQAAzco_
कपिलवस्तु, २२ चैत/स्थानीय सरकारले संचारमाध्यमलाई अंकुश लगाउने कानुन निर्माण गर्न नहुनेमा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले जोड दिनुभएको छ । प्रेस काउन्सिल नेपालको आयोजना तथा नेपाल पत्रकार महासंघ कपिलबस्तुकोे समन्वयमा आज गोरुसिङगेमा भएको “स्थानीय संचारमाध्यमका समस्या, चुनौती र समाधान” बिषयक प्रदेश ५ स्तरीय बृहत छलफल कार्यक्रममा बोल्दै अध्यक्ष आचार्यले यस्तो बताउनुभयो । स्थानीय तह र प्रदेशलाई छुट्टा–छुट्टै ऐन नियम बनाउने अधिकार भएकाले आमसञ्चार नबुझेकाले कानुन बनाउन नसक्ने दाबी गर्नुभयो । त्यस्तै देश संघीयतामा प्रवेश गरे सँगै स्थानीय र प्रदेश सरकारले बनाउने कानुन प्रेस स्वतन्त्रता विरोधी कानुन बन्ने खतरा बढेकाले जनप्रतिनिधी समक्ष बृहत छलफल आवश्यक रहेको समेत बताउनु भएको छ ।

About manakamanafm

Check Also

3-7-198x300

आँबुखैरेनीमा आउदो शनिबार गुरुङ चलचित्र ‘ङोलो ठागु’ प्रदर्शन हुने

चित्र बहादुर गुरुङ, मनकामना एफ. एम. आँबुखैरेनी, १७ जेठ तनहुँको आँबुखैरेनीमा आउदो जेठ १९ गते …

Leave a Reply

Your email address will not be published. Required fields are marked *