Breaking News
Home / देश / चट्याङले गर्दा सल्यानमा ३ ओटा रेडियोमा ठूलो क्षति

चट्याङले गर्दा सल्यानमा ३ ओटा रेडियोमा ठूलो क्षति

radiotower
सल्यान, २२ चैत/ गएराति परेको चट्याङले सल्यानका तीनओटा सामुदायिक रेडियोहरुमा ठूलो क्षति पुगेको छ । हावाहुरी र असिना पानी सँगै परेको चट्याङले रेडियो राप्ती, रेडियो तहल्का र रेडियो सल्यानमा रेडियो प्रशारणका ट्रान्समिटर लगाएतका सामग्रीहरुमा क्षति पुगेको छ । चट्याङबाट ट्रान्समिटर, मिक्सर, युपिएस, कम्प्युटर लगाएतका समग्रीमा क्षति पुगेको रेडियोहरुले जानकारी दिएका छन् । राति साढे ८ बजेतिर रेडियो बन्द गरेको समयमा सबै रेडियोमा एकैपटक चट्याङ परेको थियो । चट्याङले विभिन्न उपकरणमा क्षति पु¥याएकाले केहि दिन रेडियोहरु बन्द हुने जनाइएको छ ।

About manakamanafm

Check Also

3-7-198x300

आँबुखैरेनीमा आउदो शनिबार गुरुङ चलचित्र ‘ङोलो ठागु’ प्रदर्शन हुने

चित्र बहादुर गुरुङ, मनकामना एफ. एम. आँबुखैरेनी, १७ जेठ तनहुँको आँबुखैरेनीमा आउदो जेठ १९ गते …

Leave a Reply

Your email address will not be published. Required fields are marked *