Breaking News
Home / कला / फ्राइडे सिनेमा : ‘रुद्र’ र ‘प्रेमगीत २’ भिड्दै, सँगै छ हिन्दी चलचित्र ‘मुबारकन’

फ्राइडे सिनेमा : ‘रुद्र’ र ‘प्रेमगीत २’ भिड्दै, सँगै छ हिन्दी चलचित्र ‘मुबारकन’

साउन १३ – शुक्रबारबाट नेपाली सिनेमा घरहरुमा दुई नयाँ नेपाली चलचित्र ‘रुद्र’ र ‘प्रेमगीत २’ प्रदर्शनमा आएका छन् । शुक्रबार बाटै नेपाली चलचित्र घरमा हिन्दी चलचित्र ‘मुबारकन’ पनि लागेको छ । रामजी लामिछानेको निर्देशन र निखिल उप्रेती प्रोडक्शन र विश्व प्रोडक्शनको निर्माण रहेको चलचित्र रुद्रमा निखिल उप्रेती खलनायकको भूमिकामा देखिएका छन् । एक्सनप्रधान चलचित्र रुद्रमा निखिलसँगै विश्व शर्मा, सारा, रोय दिप, ध्रुव कोइरालालगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रमा संगीत दिनेश सुनाम र निखिल उप्रतीको छ । कोरियोग्राफी रामजी लामिछानेले गरेका छन् ।

त्यस्तै शुक्रबारदेखि नै प्रदर्शनमा आएको चलचित्र ‘प्रेमगीत २’ ले रुद्रसँग प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ । बहुप्रतिक्षित दुबै चलचित्र एकै साथ प्रदर्शनमा आएकोले कुन चलचित्रले दर्शक तान्ने हो अड्कल गर्न कठिन छ ।
रामशरण पाठकले निर्देशन गरेको ‘प्रेमगीत २’ ले राम्रै दर्शक तान्ने अपेक्षा गरिएको छ । दर्शकहरुको माया पाएको चलचित्र प्रेमगीतकै सिक्वेल भएकाले पनि ‘प्रेमगीत २’ ले दर्शकको मन जित्ने अपेक्षा गरिएको हो ।
प्रदिप खड्का, अश्लेशा ठकुरी, भुवन चन्द, राजाराम पौडेललगायतका कलाकारहरुको अभिनय रहेको प्रेमगीतको छायांकन मुगु, लुम्बिनी, थाइल्याण्ड तथा म्यानमारमा गरिएको चलचित्रको निर्माण पक्षले जनाएको छ । चलचित्रमा एक नेपाली युवक र म्यानमारकी युवतीको प्रेमकथा समेटिएको छ । चलचित्रमा संगीत कल्याण सिंह, एलिश कार्की तथा रोहित जोन क्षेत्रीको रहेको छ । चलचित्रको निर्माण सन्तोष सेनले गरेका छन् ।

त्यस्तै शुक्रबारबाटै नेपाली चलचित्र घरमा हिन्दी चलचित्र ‘मुबारकन’ पनि लागेको छ । अनिश बज्मीले निर्देशन गरेको रोमान्टिक कमेडी जान्राको चलचित्र मुबारकनमा अनिल कपुर, अर्जुन कपुर, इलियाना डिक्रुज, अथिया सेठ्ठीलगायतका कलाकारको अभिनय रहेको छ । जुम्ल्याहा दाजुभाइको कथा रहेको यस चलचित्रको निर्माण आश्विन वर्देले गरेका हुन् ।

About manakamanafm

Check Also

3-7-198x300

आँबुखैरेनीमा आउदो शनिबार गुरुङ चलचित्र ‘ङोलो ठागु’ प्रदर्शन हुने

चित्र बहादुर गुरुङ, मनकामना एफ. एम. आँबुखैरेनी, १७ जेठ तनहुँको आँबुखैरेनीमा आउदो जेठ १९ गते …

Leave a Reply

Your email address will not be published. Required fields are marked *