Breaking News
Home / खेल / यु–१९ विश्वकप छनौटः नेपाल भर्सेस अफगानिस्तान

यु–१९ विश्वकप छनौटः नेपाल भर्सेस अफगानिस्तान

साउन १० – उन्नाइस वर्षमुनिको आइसिसी विश्वकप छनौट अन्तर्गत नेपालले मंगलबार आफ्नो अन्तिम खेलमा अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरमा भइरहेको खेलमा अफगानिस्तानले टस जितेर ब्याटिङ रोजेको छ ।नेपालले यसअघि भएका पाँच खेलमा नेपालले चार खेल जितेको छ । सोमाबार भएको खेलमा नेपालले मलेसियालाई पाँच विकेटले हरायो । प्रतियोगितामा यसअघिको खेलमा नेपाल अफगानिस्तानसँग पराजित भएको थियो ।विश्वकपका लागि छनौट हुन नेपालले अफगानिस्तानलाई फराकिलो रन अन्तरले पराजित गर्नु पर्ने हुन्छ । रनअन्तर कम भएमा अफगानिस्तानलाई हराए पनि नेपाल विश्वकपका लागि छनौट हुने छैन । डबल राउण्ड रोबिन लिगका आधारमा भएको प्रतिगिताको शीर्ष स्थानमा रहेने टिम विश्वकपका लागि छनौट हुन्छ ।

About manakamanafm

Check Also

3-7-198x300

आँबुखैरेनीमा आउदो शनिबार गुरुङ चलचित्र ‘ङोलो ठागु’ प्रदर्शन हुने

चित्र बहादुर गुरुङ, मनकामना एफ. एम. आँबुखैरेनी, १७ जेठ तनहुँको आँबुखैरेनीमा आउदो जेठ १९ गते …

Leave a Reply

Your email address will not be published. Required fields are marked *