Breaking News
Home / बजार / आईएमईले मनायो १७ औँ वार्षिकोत्सव

आईएमईले मनायो १७ औँ वार्षिकोत्सव

काठमाडौं, जेठ ३१ – रेमिट्यान्स कम्पनी आईएमईले स्थापनाको १७ औँ वार्षिकोत्सव “१७औँ वार्षिकोत्सव नयाँ प्रविधिको” भन्ने मूलनाराका साथ मनाएको छ ।नेपालको प्रमुख रेमिट्यान्स कम्पनीको रुपमा स्थापित भएको आईएमईले मंगलबार विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाएको हो । वार्षिकोत्सवमा कम्पनीको सत्र वर्षे यात्रामा निरन्तर सेवा लिएका सेवाग्राहीहमध्ये विदेशबाट पैसा पठाउने १७ र नेपालमा प्राप्तगर्ने १७ गरी ३४ जना सेवाग्राहीलाई लक्कीड्र मार्फत विजेता घोषणा गरिएको थियो ।आईएमईले नेपालका शहरी तथा ग्रामीण क्षेत्रलाई समेट्ने गरी अहिले १५५ आईएमई सेन्टरसहित ७५ जिल्लाका ६,१०० सयभन्दा बढी सब–एजेन्ट र बैंक तथा वित्तिय संस्थाका शाखामार्फत विदेशमा कार्यरत नेपालीले कमाएको रकम आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट पुर्‍याउँदै आएको छ ।

About manakamanafm

Check Also

3-7-198x300

आँबुखैरेनीमा आउदो शनिबार गुरुङ चलचित्र ‘ङोलो ठागु’ प्रदर्शन हुने

चित्र बहादुर गुरुङ, मनकामना एफ. एम. आँबुखैरेनी, १७ जेठ तनहुँको आँबुखैरेनीमा आउदो जेठ १९ गते …

Leave a Reply

Your email address will not be published. Required fields are marked *