Breaking News
Home / बजार / एउटा आयोजनाको काम नसक्दै अर्कोमा ठेक्का नदिने कानुन बन्दैछः मन्त्री लेखक

एउटा आयोजनाको काम नसक्दै अर्कोमा ठेक्का नदिने कानुन बन्दैछः मन्त्री लेखक

१८ जेठ, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले एउटा आयोजना पुरा नगर्दै अर्कोमा ठेकेदारलाई हात हाल्न नदिने बताएका छन् ।आज मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री लेखकले अब निर्माण ब्यवसायीलाई एउटा आयोजना अपलत्र राखेर अर्को आयोजनामा जान नदिइने बताए ।अहिले विभिन्न आयोजनामा अपेक्षाभन्दा पनि कममा टेण्डर कबुल गरेर पार्नेर भुक्तानी लिएर बीचमै छाड्ने प्रचलन ब्याप्त छ । अब त्यो प्रवृत्तिलाई रोक्न यो ब्यवस्था गर्न लागिएको उनको भनाइ छ ।‘एउटा आयोजनामा हात हालेपछि त्यसलाई सम्पन्न गर्नैपर्‍यो । त्यो नसकेसम्म अर्को आयोजनामा आवेशन गर्न नपाउने कानुनी ब्यवस्था ततकाल गर्दैछौं’ लेखकले भने ।

About manakamanafm

Check Also

3-7-198x300

आँबुखैरेनीमा आउदो शनिबार गुरुङ चलचित्र ‘ङोलो ठागु’ प्रदर्शन हुने

चित्र बहादुर गुरुङ, मनकामना एफ. एम. आँबुखैरेनी, १७ जेठ तनहुँको आँबुखैरेनीमा आउदो जेठ १९ गते …