चितवनमा गैंडाको आक्रमणबाट एक महिलाको मृत्यु माघ १५,चितवन ।चितवनमा गैंडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।पूर्वी चितवनको रत्ननगरपालिका–१९ स्थित जनकौली मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएकी सोही स्थानकी ३५ वर्षीय लक्ष्मी श्रेष्ठको गैंडाको आक्रमणबाट मृत्यु भएको चितवनप्रहरीले जनाएको छ ।  चितवन राष्ट्रिय निकुञ्जबाट निश्कने जनावरका कारण वर्षेनी आसपासका स्थानीयले ज्यान गुमाउने गरेका छन् ।