Breaking News
Home / अर्थ / संसदमा आजदेखि बजेटमाथिको सैद्धान्तिक छलफल सुरु हुँदै

संसदमा आजदेखि बजेटमाथिको सैद्धान्तिक छलफल सुरु हुँदै

sambidhansava-bhawan

काठमाडौँ, १७ जेठ
व्यवस्थापिका संसदमा आजदेखी बजेटमाथिको सैद्धान्तिक छलफल सुरु हुँदैछ । बिहान ११ बजे बस्ने बैठकमा बजेटमाथि छलफल सुरु हुने संसद सचिबालयले जनाएको छ ।

छलफल आउँदो बिहिबार सम्म चलाउने तयारी छ । सरकारले अस्ति शनिबार संसदमा पेश गरेको बजेटप्रति सत्तारुढ दलले नै असन्तुष्टि जनाएका छन । एमालेले बजेटको पक्षमा प्रस्तुत हुन आफ्ना सांसदहरुलाई निर्देशन दिएको छ ।

तर प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसले भने बजेटप्रति बजेट बक्तत्वका सम्बन्धमा पार्टीका तर्फबाट प्रभाबकारीरुपमा प्रस्तुत हुन सांसदलाई निर्देशन दिएको छ ।

आज बस्ने सदन बैठकमा पुर्व अर्थमन्त्री डा. रामशरण महतले पार्टीका तर्फबाट धारणा प्रस्तुत गर्ने कांग्रेसले जनाएको छ । बजेट बितरणमुखी भन्दै आलोचना गरेको कांग्रेसले पालै पालो पुर्व अर्थमन्त्रीलाई बजेटको नकारात्मक पाटोको बारेमा धारणा राख्ने गरि निर्देशन दिएको छ ।

About manakamanafm

Check Also

3-7-198x300

आँबुखैरेनीमा आउदो शनिबार गुरुङ चलचित्र ‘ङोलो ठागु’ प्रदर्शन हुने

चित्र बहादुर गुरुङ, मनकामना एफ. एम. आँबुखैरेनी, १७ जेठ तनहुँको आँबुखैरेनीमा आउदो जेठ १९ गते …

Leave a Reply

Your email address will not be published. Required fields are marked *