Breaking News
Home / अर्थ / ‘बजेटकै कारण सरकार ढल्छ’ : कांग्रेस महामन्त्री कोइराला

‘बजेटकै कारण सरकार ढल्छ’ : कांग्रेस महामन्त्री कोइराला

Sasanka-Koirala

नवलपरासी, जेठ १६ –

नेपाली कांग्रेसका महामन्त्री डा. सशांक कोइरालाले बजेटकै कारणले केपी शर्मा ओली नेतृत्वको सरकार ढल्ने दाबी गर्नुभएको छ ।  बजेट उत्पादनमुखी भन्दा वितरणमुखी भएकाले त्यही कारणले सरकार ढल्ने उहाँले बताउनु भयो । ‘गठबन्धन सरकार भएकाले यो सरकारको धरातल नै कमजोर छ, जुनसुकै बेला ढल्न सक्छ’ कोइरालाले भन्नुभयो ।

सोमबार नवलपरासीको अमलटारीमा महिला संघको लुम्बिनी अञ्चल स्तरीय  कार्यकर्ता प्रशिक्षणमा आउनु भएका कोइरालाले सञ्चारकर्मीसँगको कुराकानीमा यस्तो बताउनु भएको हो  ।

‘नेपाली कांग्रेसले रचनात्मक प्रतिपक्षको भूमिका खेल्न बेला आयो भने हामी फिल्डमा उत्रिन्छौँ’  उहाँले भन्नुभयो, ‘भूकम्पले थिलथिलो भएको जनतालाई राहात दिने कार्यक्रम बजेटमा खासै आएन यसमा जनताले दुःख मानेका छन् ।’ छिरलिएको बजेटले मुलुकको हित गर्दैन यसैले कांग्रेसले संस्थागत निर्णय गरेका सबै आफ्ना कामहरु गर्दछ ।

नाकाबन्दीले थलिएको अर्थतन्त्रलाई यस्तो बजेटले झन पछाडि धकेलेको उहाँले दावी गर्नुभयो  । ‘उत्पादनमुखी बजेट ल्याएर राष्ट्रिय पुँजीको विकास गर्नु अहिलेको आवश्यकता थियो त्यो भएन’ डा कोइरालाले भन्नुभयो ।

About manakamanafm

Check Also

3-7-198x300

आँबुखैरेनीमा आउदो शनिबार गुरुङ चलचित्र ‘ङोलो ठागु’ प्रदर्शन हुने

चित्र बहादुर गुरुङ, मनकामना एफ. एम. आँबुखैरेनी, १७ जेठ तनहुँको आँबुखैरेनीमा आउदो जेठ १९ गते …

Leave a Reply

Your email address will not be published. Required fields are marked *