Breaking News
Home / अर्थ / बजेट कार्यान्वयन हुनेमा आसंका नगर्न अर्थमन्त्री पौडेलको आग्रह/आज पत्रकार सम्मेलन गरे अर्थ मन्त्रालयले बजेटबारे जानकारी गराउने

बजेट कार्यान्वयन हुनेमा आसंका नगर्न अर्थमन्त्री पौडेलको आग्रह/आज पत्रकार सम्मेलन गरे अर्थ मन्त्रालयले बजेटबारे जानकारी गराउने

काठमाडौँ, १६ जेठ
अर्थमन्त्री बिष्णु पौडेलले बजेट कार्यान्वयन हुनेमा आसंका नगर्न आग्रह गर्नुभएको छ ।  आर्थिक बर्ष सुरु भएदेखि नै बजेट कार्यान्वयनको चरणमा जाने उहाँको भनाई छ ।
उहाँले सरकारले कार्यान्वय गर्न कै लागी बजेट ल्याएको र सरकार परिवर्तन हुनु र नहुनुले केहि फरक नपार्ने दावी गर्नुभयो ।

सरकारले हिजो प्रस्तुत गरेको आगामी आर्थिक बर्षको बजेट महत्वकांक्षि र बितरणमुखि भएको प्रतिक्रिया सार्बजनिक भईरहँदा अर्थमन्त्री पौडेलले पुर्ण कार्यान्वयन हुने बताउनुभएको हो ।
बजेट कार्यान्वयनलाई उच्च महत्व दिँदै सरकारले अनुशासन र नतिजा प्राप्तीमा जोड दिएको छ ।  निर्धारित समय र लागतमा आयोजनाका काम गुणस्तरका साथ सम्पन्न गर्ने, निर्णयकर्ता र निर्माणसम्बद्ध व्यवसायीलाई परिणामप्रति जवाफदेही तुल्याउने प्रणालीको बिकास गरिने सरकारले प्रतिबद्धता जनाएको छ ।

कानुनको तोकेको समयभित्र अख्तियारी नदिई काममा ढिलाई गर्ने पदाधिकारीलाई बिभागिय सजाय गर्ने, बजेटमा प्रस्तुत कार्यक्रम र परियोजनालाई बजेटको अभाब हुन नदिने, खर्च नभएका कार्यक्रम परियोजनाबाट रकमान्तर गरि खर्च गर्न सकिने व्यवस्था बजेट भाषणमा नै उल्लेख गरिएको छ ।

त्यसैगरि आर्थिक कार्यबिधि ऐन संसोधन गरि रकमान्तर प्रकृया सरल बनाउने तथा थोरै रकम रकमान्तर गर्न अर्थ मन्त्रालय धाउने व्यवस्थाको अन्त्य हुने भएको छ ।
औद्योगिक क्षेत्र, आयोजना क्षेत्र, राजमार्ग र सार्बजनिक निकायलाई बन्द हड्ताल निषेधित क्षेत्र घोषणा गर्दै सरकारले त्यसको अबज्ञा गरि बन्द हड्ताल गर्ने तथा गाडीको आवागमन र निर्माण सामाग्रीको आपुर्तिमा व्यवधान गर्नेले उत्पन्न क्षतिको क्षतिपुर्ति दिनुपर्ने व्यवस्था पनि गरेको छ ।

आगामी आर्थिक बर्षको पहिलो दिनदेखि नै बजेट कार्यान्वयन गर्ने र त्यसको नियमित एवंम प्रभाबकारी अनुगमन गरि कार्यान्वयनलाई सहज बनाउनुको साथै बजेटको तर्जुमा राजस्वका वर्तमान दरका बारेमा नियमित अनुसन्धान गर्न अर्थ मन्त्रालयमा बिज्ञ सहितको समिती गठन गर्ने सरकारले जनाएको छ ।

यसैबिच
सरकारले हिजो सार्वजनिक गरेको बजेटबारे अर्थमन्त्रालयले आज जानकारी गराउने भएको छ । आज अपरान्ह पत्रकार सम्मेलन गरी अर्थमन्त्रालयले बजेटका मुख्य मुख्य विशेषताका बारेमा जानकारी गराउने भएको हो । हिजो अर्थ मन्त्री विष्णु पौडेलले १० खर्ब ४८ अर्ब ९२ करोड १३ लाख ५४ हजारको बजेट संसदमा प्रस्तुत गर्नुभएको थियो ।

About manakamanafm

Check Also

3-7-198x300

आँबुखैरेनीमा आउदो शनिबार गुरुङ चलचित्र ‘ङोलो ठागु’ प्रदर्शन हुने

चित्र बहादुर गुरुङ, मनकामना एफ. एम. आँबुखैरेनी, १७ जेठ तनहुँको आँबुखैरेनीमा आउदो जेठ १९ गते …

Leave a Reply

Your email address will not be published. Required fields are marked *