Breaking News
Home / अर्थ / ​बजेटका १० विशेषता

​बजेटका १० विशेषता

budget_875102506

काठमाडौं, जेठ १५ –

सरकारले संविधानमा भएको व्यवस्था अनुसार जेठ १५ गते बजेट सार्वजनिक गरेको छ । यसअघि असार मसान्तमा बजेट प्रस्तुत हुँदै आएको थियो ।

बजेटले संविधानको कार्यान्वयन, पुनर्निर्माण, अर्थतन्त्रको पुनरुत्थान, गरिबी घटाउने र गुणस्तरीय सामाजिक सेवा विस्तारको लक्ष्य लिएको छ ।

आगामी आर्थिक वर्षको बजेटको १० खर्ब ४८ अर्ब ९२ करोड १३ लाख ५४ हजार रुपैयाँको बजेट अर्थमन्त्री बिष्णु पौडलले पेश गर्नुभएको छ । कार्यान्वयन पक्ष के हुन्छ थाहा छैन तर अन्य वर्षको बजेटको भन्दा यो वर्षको बजेटका केही विशेषता छन् ।

१) पानी जहाजः

यस अघिका बजेटमा पानी जहाजको नाम समेत सुन्न नपाएका नेपालीले यो बजेटमा नेपालको पानी जहाज समुन्द्रमा कुद्ने सपना देखे । नेपालले भूपरिवेष्टित राष्ट्रले पाउनु पर्ने अधिकारको प्रयोग गर्दै समुन्द्रमा नेपालको पानीजहाज कुदाउने उद्देश्य राखेको छ । जसका लागि कानुनी र व्यवस्थापकीय कामका लागि चाहिने आवश्यक बजेट खर्च गर्न सकिने बताउनुभएको छ ।

२) जग्गा बाँझो राखे २५ प्रतिशत जरीवानाः

कसैले जग्गा बाँझो राखे त्यस जग्गाबाट आय हुने सम्भावित आयको २५ प्रतिशत जरीवाना तिर्नुपर्ने भएको छ । त्यसरी तिरेको जरिवाना मालपोत कार्यालयमा रहनेछ ।

३) पत्रकारलाई उपचारमा ५० प्रतिशत छुटः

सरकारले पत्रकारलाई सरकारी अस्पतालमा उपचार गराउँदा ५० प्रतिशत छुट दिने व्यवस्था गर्ने बजेटमार्फत जानकारी दिएको छ ।

४) एक गाउँ एक डाक्टरः

नागरिकको स्वास्थलाई मध्यनजर गर्दै सरकारले एक गाउँ एक डाक्टरको अभियान पनि ल्याएको छ । जसका लागि एमविविएस पढ्न चाहनेलाई सरकारले छात्रवृतिमा पढाउने उल्लेख गरेको छ ।

५) बाली धितो राखेर निव्र्याजी ऋणः

किसानले लगाएको जुनसकै प्रकारको बाली बारी वा खेतमै हुँदा पनि बैंकमा धितो राखेर निव्र्याजी ऋण पाउने छन् ।

६) शैक्षिक प्रमाणपत्र धितो राखेर निव्र्याजी ऋणः

पढ्न चाहने तर पैसा नहुनेहरुका लागि लक्षित गरि सरकारले शैक्षिक प्रमाणपत्र धितो राखेर निव्र्याजीरुपमा ऋण दिने भएको छ । यसले पैसाको अभावले पढ्न नसकेकाहरुलाई ठूलो राहत पुग्ने देखिन्छ ।

७) एक प्रदेश एक रंगशालाः

संघीय प्रदेशको संरचनामा गएको नेपालले अब प्रत्येक प्रदेशमा एउटा रंगशाला निर्माण हुने भएको छ । जसले खेलकुदको विकासमा ठूलो टेवा पुग्ने देखिन्छ ।

८) एक प्रदेश एक मेडिकल कलेजः

स्वास्थ्य क्षेत्रको शिक्षामा विकास पुर्याउने उदेश्यले सरकारले एक प्रदेश एक मेडिकल कलेजको आर्कषक बजेट ल्याएकको छ ।

९) सामाजिक सुरक्षा भत्ता दोब्बरः

सरकारले दिँदै आएको सामाजिक सुरक्षा भत्ता दोब्बर भएको छ । यसबाट वृद्ध, एकल महिला, आदिवासी जनजाति, दलित तथा लोपोन्मुख जाति, दलित जातिका ५ वर्ष मुनिका छोराछोरी लाभान्वित भएका छन् ।

१०) कर्मचारीको तलव २५ प्रतिशतले वृद्धीः

निजामती कर्मचारी, सेना, प्रहरी, सशस्त्र प्रहरी, शिक्षकलागयतका सरकारी कर्मचारीका तलव २५ प्रतिशतले वृद्धी भएको छ ।

About manakamanafm

Check Also

3-7-198x300

आँबुखैरेनीमा आउदो शनिबार गुरुङ चलचित्र ‘ङोलो ठागु’ प्रदर्शन हुने

चित्र बहादुर गुरुङ, मनकामना एफ. एम. आँबुखैरेनी, १७ जेठ तनहुँको आँबुखैरेनीमा आउदो जेठ १९ गते …

Leave a Reply

Your email address will not be published. Required fields are marked *