Breaking News
Home / अर्थ / आर्थिक वर्ष २०७३/०७४ को लागि १० खर्ब ४८ अर्ब ९२ करोड १३ लाख ५४ हजार रुपैयाँको बजेट सार्वजनिक

आर्थिक वर्ष २०७३/०७४ को लागि १० खर्ब ४८ अर्ब ९२ करोड १३ लाख ५४ हजार रुपैयाँको बजेट सार्वजनिक

1464431378560948

काठमाडौं,  जेठ १५ –

सरकारले आर्थिक वर्ष २०७३/०७४ को लागि १० खर्ब ४८ अर्ब ९२ करोड १३ लाख ५४ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

राष्ट्रिय योजना आयोगले दिएको बजेट सीमालाई कुल्चदै अर्थमन्त्री विष्णु पौडेलले व्यवस्थापिका-संसदमा आगामी आर्थिक वर्षका लागि चालु खर्चतर्फ ६ खर्ब १७ अर्ब १६ करोड ४१ लाख २९ हजार र पुँजीगत खर्चतर्फ ३ खर्ब ११ अर्ब ९४ करोड ६३ लाख २५ हजार र वित्तीय व्यस्था तर्फ १ खर्ब १९ अर्ब ८१ करोड ९ लाख रुपैयाँ गरी १० खर्ब ४८ अर्ब ९२ करोड १३ लाख ५४ हजार रुपैयाँ  बराबरकाे बजेट सार्वजनिक गर्नुभयाे ।

राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षका लागि ९ खर्ब ९ अर्बको बजेट सीमा दिएको थियो । यो बजेट चालु आर्थिक वर्षको बजेटभन्दा २ खर्ब २९ अर्ब, ४५ करोड, २४ लाख, ९० हजार रुपैयाँ बढी हो । चालु आर्थिक वर्षका लागि ८ खर्ब १९ अर्ब ४६ करोड ८८ लाख ६४ हजार बजेट विनियोजन गरिएको थियो ।

सरकारले अनुमानित खर्च व्यहोर्न राजश्वबाट ५ खर्ब ६५ अर्ब ८९ करोड ६५ लाख संकलन गर्ने अनुमान गरेको छ । सावा फिर्ता प्राप्तिबाट १० अर्ब र वैदेशिक अनुदानबाट १ खर्ब, १० अर्ब, ८९ करोड ६४ लाख ११ हजार व्यहोर्ने जनाएको छ ।

राजश्व, सावा फिर्ता र वैदेशिक अनुदानबाट अपुग हुन आउने तीन खर्ब ६६ अर्ब १२ करोड ८४ लाख ४३ हजार रकम पूर्ति गर्नका लागि वैदेशिक ऋणबाट १ खर्ब ९५ अर्ब ७१ करोड ५७ लाख, ३७ हजार जुटाउने जनाएको छ । यस्तै १ खर्ब ११ अर्ब आन्तरिक ऋणबाट जुटाउने र ५९ अर्ब ४१ करोड २७ लाख ६ हजार चालु वर्षको नगद मौज्दातबाट व्यहोर्ने जनाएको छ ।

About manakamanafm

Check Also

3-7-198x300

आँबुखैरेनीमा आउदो शनिबार गुरुङ चलचित्र ‘ङोलो ठागु’ प्रदर्शन हुने

चित्र बहादुर गुरुङ, मनकामना एफ. एम. आँबुखैरेनी, १७ जेठ तनहुँको आँबुखैरेनीमा आउदो जेठ १९ गते …

Leave a Reply

Your email address will not be published. Required fields are marked *