Breaking News
Home / अर्थ / सरकारद्धारा आर्थिक सर्बेक्षणको प्रतिबेदन सार्बजनिक/आर्थिक बृद्धिदर सुन्य दशमलब ७–७ प्रतिशत

सरकारद्धारा आर्थिक सर्बेक्षणको प्रतिबेदन सार्बजनिक/आर्थिक बृद्धिदर सुन्य दशमलब ७–७ प्रतिशत

नयाँ बजेट पर्शि शनिबार संसदमा पेश हुने

काठमाडौँ, १३ जेठ
चालु आर्थिक वर्ष २०७२-७३ मा आर्थिक वृद्धिदर शून्य दशमलव ७७ प्रतिशमा सीमित रहने भएको छ । सरकारले चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण व्यवस्थापितका संसदमा पेश गर्दै देशका आर्थिक वृद्धिदर १३ वर्ष यताकै कम रहने प्रक्षेपण गरेको हो ।

भूकम्प, कृषि उत्पादनमा कमी, नाकाबन्दी जस्ता कारणले आर्थिक क्षेत्रमा संकुचित आएको सरकारको भनाई छ । गएको वर्ष वृद्धिदर २ दशमलव ३२ प्रतिशत थियो । चालु आर्थिक वर्षमा मूल्यवृद्धि ९ दशमलव ७ प्रतिशत भएको छ ।

चालु आवमा कृषि क्षेत्रको उत्पादन १ दशमलव ३ प्रतिशत र गैरकृषि क्षेत्रको वृद्धि ० दशमलव ६ प्रतिशतले बढ्ने अनुमान गरिएको छ ।

उद्योग क्षेत्रको उत्पादनमा ६ दशमलव ३ प्रतिशतले कमी आएको छ भने सेवा क्षेत्रको उत्पादनमा २ दशमलव ७ प्रतिशतले वृद्धि भएको छ ।

यो वर्ष ४ खर्ब ७५ अर्ब एक करोड राजस्व संकलन हुने अनुमान गरिएकामा बितेका आठ महिनामा २ खर्ब ३१ अर्ब सात करोड मात्र संकलन भएको आर्थिक सर्वेक्षणमा उल्लेख छ । वैदेशिक अनुदान खर्च अन्यन्त न्यून देखिएको छ ।

एक खर्ब १० अर्ब ९२ करोड परिचालन हुने अनुमान गरिएकामा जम्मा ११ अर्ब ५७ करोडमात्र खर्च गर्न सकिएको छ । गत वर्ष १४ अर्ब ३० करोड वैदेशिक अनुदान खर्च भएको थियो ।

चालु आवको आठ महिनामा बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन ८ दशमलव ४ प्रतिशतले बढेर १८ खर्ब ३० अर्ब ६२ करोड पुगेको छ भने यही अवधिमा १४ खर्ब ८२ अर्ब ९६ करोड कर्जा प्रवाह भइसकेको छ ।

यस्तै, बितेका आठ महिनामा बस्तु आयात १३ दशमलव ९ प्रतिशतले घटेर ४ खर्ब ३५ अर्ब ८० करोड पुगेको छ । व्यापार घाटा गएको वर्ष भन्दा १२ दशमलव ५ प्रतिशतले घटेको छ ।

त्यस्तै गएको आठ महिनामा समग्र शोधनान्तर स्थिति एक खर्ब ५८ अर्ब १८ करोडले बचतमा रहेको छ । त्यस्तै विप्रेषण आय १५ दशमलव २ प्रतिशतले बढेर चार खर्ब २७ अर्ब २७ करोड पुगेको छ ।

अघिल्लो आवमा विप्रेषण आयमा चार प्रतिशतले वृद्धि भएको थियो ।

चालु आवमा मुलुकको कुल खाद्यान्न उत्पादन (धान, गहुँ, मकै, कोदो, जौ र फापर) गत आवको तुलनामा ६ प्रतिशतले घट्ने अनुमान गरिएको छ ।

मौसमी प्रतिकूलता, सीमा नाकामा भएको अवरोधले मल र इन्धन ढुवानी समयमै नहुँदा भूमिगत सिँचाइमा परेको प्रभावले अन्नबाली उत्पादन कम हुने प्रक्षेपण भएको हो ।

यो आर्थिक वर्षमा ६ हजार ३२८ वटा उद्योग दर्ता भएर त्यसमा १० खर्ब ८४ अर्ब लगानी भई पाँच लाख १२ हजार १ सय ५९ ले रोजगारी पाएको आर्थिक सर्वेक्षणमा जनाइएको छ ।

यो अवधिमा एक खर्ब ८९ अर्बभन्दा बढीको वैदेशिक लगानी स्वीकृत भएको छ । जसबाट दुई लाख ११ अजार ८ सय ४३ रोजगारीका अवसर सिर्जना हुने अनुमान सर्वेक्षणमा गरिएको छ ।

नयाँ बजेट पर्शि

यसैबिच
आगामी आर्थिक वर्षको बजेट जेठ १५ गते अपरान्ह चार बजे सार्वजनिक गरिने भएको छ। आगामी आर्थिक वर्षको बजेट व्यवस्थापिका संसद्को बैठकमार्फत जेठ १५ गते अपरान्ह ४ बजे सार्वजनिक गरिने भएको हो।

संविधानमा जेठ १५ गते बजेट सार्वजनिक गर्ने व्यवस्था छ । संवैधानिक व्यवस्था अनुसार बजेट सार्वजनिक गर्ने व्यवस्थाका लागि अर्थ मन्त्रालयले पत्राचार गरेपछि सभामुख ओनसरी घर्तीले अपरान्ह ४ बजेको समय मिलाएकी हुन्।

सभामुख घर्तीले बजेट सार्वजनिक गर्ने दिन निर्धा्रित समयभन्दा १५ मिनेट पहिला नै बैठकमा उपस्थित हुन सांसद्हरुलाई आग्रह गरेकी छन्। संसद् बैठक शुक्रबार पनि बस्ने छ ।

About manakamanafm

Check Also

3-7-198x300

आँबुखैरेनीमा आउदो शनिबार गुरुङ चलचित्र ‘ङोलो ठागु’ प्रदर्शन हुने

चित्र बहादुर गुरुङ, मनकामना एफ. एम. आँबुखैरेनी, १७ जेठ तनहुँको आँबुखैरेनीमा आउदो जेठ १९ गते …

Leave a Reply

Your email address will not be published. Required fields are marked *