पेरिसबाट कायरोका लागि उडेको विमान सम्पर्कबिहिन

जेठ ०६ इजिप्टको एक विमान सम्पर्कबिहीन भएको छ । फ्रान्सको राजधानी पेरिसबाट इजिप्टको कायरोका लागि उडान भरेको इजिप्ट एमएस ८०४ विमान सम्पर्क्बिहीन भएको इजिप्ट एयरले जनाएको छ । विमानमा ५९ जना यात्रु र १० जना चालक दलका सदस्य रहेका एयरलाइन्सलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । विमान पूर्वी भूमध्यसागरमाथि उडिरहँदा हराएको हो ।